Connect with us
Kapilvast Forest

प्रणय सप्ताह:आज ‘किस डे: शरीरको फरक–फरक अंगमा गरिने चुम्बनको यस्तो छ महत्व

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

 

 

काठमाडौँ – प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्र्तगत आज ‘किस डे’ ।हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । प्रणय सप्ताहमा १३ फेब्रुअरीका दिन मनाइने ‘किस डे’ मा शरीरको विभिन्न अंगमा गरिने किसको फरक अर्थ रहेको छ ।

गालामा गरिने किस : गालामा गरिने किसले स्नेहलाई दर्शाउँछ । गालामा गरिने किस आकर्षणको प्रतीक पनि मानिन्छ । धेरै जसो मान्छेहरु आफ्नो जोडीप्रतिको माया व्यक्त गर्न गालामा किस गर्न मन पराउँछन् ।

ओठमा गरिने किस : ओठमा गरिने किसले जोसलार्ई दर्शाउँछ । आफ्नो जोडीप्रति माया देखाउन यो सबैभन्दा उत्तम तरिका हो । ओठमा गरिने किसले तपाईँ आफ्नो जोडीसँग नजिक हुने इच्छा बताउँछ । यसले जोडीहरु बीचको गहिरो सम्बन्धलाई पनि प्रकट गर्दछ ।

कलरबोनमा गरिने किस : कलरबोनमा किस गर्नुले अन्तरङ्गता दर्शाउँछ । शरीरको आकर्षण व्यक्त गर्ने यो उत्तम तरीका हो ।

कानमा गरिने किस : यौन रुचि व्यक्त गर्न कानमा किस गर्ने गरिन्छ । यद्यपि, यसको प्रभाव पूर्ण रुपमा किस गर्ने मनसायमा निर्भर गर्दछ ।

हातमा गरिने किस : हातमा गरिने किसलाई आस्थाको प्रतिक पनि मानिन्छ । आफ्नो जोडीलाई विशेष र फरक महशुस गराउँन हातमा किस गर्ने गरिन्छ । कसैलाई मनपर्छ भनेर आफ्नो भावना व्यक्त गर्न हातमा किस गर्न सकिन्छ ।

निधारमा गरिने किस : निधारमा गरिने किसले जोडीप्रतिको लगाव देखाउँछ । प्रायः मानिसहरु भावानात्मक क्षणमा निधारमा किस गर्न मनपराउँछन् । आफ्नो जोडीलाई यो सन्देश दिइन्छ कि जस्तोसुकै कठिन परिस्थितिमा पनि साथमा रहने र आफ्नो पार्टनरलाई एक्लो नठान्न महसुस गराउनका लागि निधारमा किस गर्ने गरिन्छ ।

फ्लाइङ किस : फ्लाइङ किस प्राय छुट्टिने समयमा र शुभकामना व्यक्त गर्नका लागि गरिन्छ । यसले सम्बन्धलाई बलियो बनाउँछ । यो किस लामो समयसम्म मानिसको स्मरणमा रहने हुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu