Connect with us
Kapilvast Forest

पाल्पामा करेन्ट लागेर दाजुभाईको मृत्यु

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

 

पाल्पा-पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर एक जना बालकसहित २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र सुरजका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बिहीबार बेलुकी ७ बजे तिनाउ–२, स्थित दोभान खोलामा माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । स्थानीयवासीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनु भयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu