Connect with us
Kapilvast Forest

मेरा पुरुष सहकर्मीले समिक्षालाई मेरोविरुद्ध उकासे:पल शाह

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं – आफूमाथि लागेको ‘प्ले व्वाई’ को आरोप र सार्वजनिक भएको अडिओका विषयमा नायक पल शाहले मुख खोलेका छन् । फेसबुकमा उनले गायिका समिक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मीले आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।

 

भाइरल भएको अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा पनि शंका रहेको पलको दाबी छ । प्रविधिको प्रयोगमार्फत आफ्नो जस्तो आवाज बनाइएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धि)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

 

उनी थप्छन्, ‘मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडिओलगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’

 

प्ले व्वाई छविका नायक पल शाहको नाबालिग गायिका समिक्षा अधिकारीसँगको सम्बन्धबारे नेपाल प्रेसले खुलासा गरेको थियो । त्यस लगत्तै पलले समिक्षालाई साथमा राखेर अन्तरवार्ता दिँदै समाचार खण्डन गरेका थिए । उक्त खण्डनपश्चात नेपाल प्रेसले समिक्षा पलसँगको सम्बन्धका विषयमा दिएको अडिओसहित समाचार हिजो प्रकाशित गर्यो ।

तर, उक्त अडिओ हटाइदिन समिक्षाले बारम्बार आग्रह गरेपछि हामीले अडिओ हटायौं । तर, विभिन्न पोर्टलहरुले नेपाल प्रेसबाट डाउनलोड गरेर त्यसलाई भाइरल गराइरहेका छन् । यही विषयमा पलको स्पष्टीकरण आएको हो ।

सार्वजनिक एउटा अडिओमा पल, समिक्षा, दुर्गेश थापा लगायतका व्यक्तिहरुको आवाज स्पष्टै चिनिन्छ । अडिओमा पलले समिक्षासँग सम्बन्ध राखेको स्वीकारेका छन् । अहिले उनले आफ्नो गल्ति स्वीकार्ने भन्दा पनि उक्त आवाजमै आशंका व्यक्त गरेर हास्यास्पद बचाउ गर्न खोजेका छन् ।

नाबालिगसँग सम्बन्धबारे कानूनमा के छ ?

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई नाबालिग मान्छ । नाबालिग किशोरी÷बालिकालाई सहमतिबेगर वा सहमतिमा यौनसम्बन्ध राख्नु गैरकानूनी हो ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ मा भनिएको छ,‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करण गरेको मानिनेछ ।’

पलले अडिओमा समिक्षासँग सहमतिमा सम्वन्ध राखेको स्वीकार गरेकाले उनीमाथि गम्भीर कसुर लाग्ने निश्चित छ ।नेपाल प्रेस

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu