Connect with us
Kapilvast Forest

एमसीसी पास गर्न प्रधानमन्त्रीले मागे एमालेसँग सहयोग

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी दल नेकपा एमालेको सहयोग मागेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा मंगलबार बालुवाटारमा ओलीसहितका एमाले नेताहरुसँग छलफल गरेका थिए ।

 

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।

तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोहोर्‍याएका थिए । भेटबारे रिजालले लेखेका छन्, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’

 

नेकपा एमालेले पार्टीका १४ सांसदलाई गरेको निष्कासनको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै गत भदौ २३ गतेदेखि संसद अवरोध गर्दै आएको छ । सरकारले आइतबारको प्रतिनिधिसभ बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनमा सहयोग नगर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् । त्यसैले प्रधानमन्त्रीले एमालेको सहयोग मागेका हुन् ।

मंगलबारको भेटमा प्रधानमन्त्रीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का थिए । नेकपा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu