Connect with us
Kapilvast Forest

बाढी पीडितको घरबास व्यवस्थापन गर्ने मन्त्री शाहीको आश्वासन

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

 

सुर्खेत – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिम बहादुर शाहीले सुर्खेतस्थित बाढी पीडितको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

बराहताल गाउँपालिका(२ गिरीघाटमा बसोबास गर्ने बाढी पीडीतलाई भेट्दै मन्त्री शाहीले बाढी पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्न आवश्यक काम गर्ने बताउनु भयो ।

‘प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमार्फत राहात स्वरुप प्रतिघरधुरी तीन लाख रुपैयाँ वितरण गरिसकिएको छ । उक्त रकमबाट आफ्नो बसाई व्यवस्थापन गर्न सुझाव दिन चाहन्छु उहाँले भन्नु भयो ।’

 

बाढी पीडितले आफूहरुलाई नगद रुपैयाँ भन्दा बस्ने घर बनाईदिन मन्त्री शाहीसँग अनुरोध गर्नु भयो । उहाँहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध हुने स्थानमा बसोबास गर्न माग गर्नु भएको छ ।

बाढी पीडितसँगको भेटघाट कार्यक्रममा राष्ट्रिय भूमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलेले उनीहरुका लागि जग्गा उपलब्ध गराइने बताउनु भयो ।यसअघि आयोगले संकलन गरेका फारमको आधारमा मुल्यांकन गरी बाढीपीडितलाई जग्गा उपलब्ध गराईने पौडेलले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu