Connect with us
Kapilvast Forest

शिवराज ५ खैरीमा एमालेको टोल कमिटी गठन

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ खैरी मा टोल कमिटि गठन भएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत शिवराज नगरपालिका वडा नं ५ खैरीमा बुधबार टोल कमिटि गठन गरिएको हो ।

खैरीमा जैस मोहम्मद मियाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटि गठन गरिएको नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ वडा कमिटी उपाध्यक्ष प्रेम सुनारले जानकारी दिनु भयो । आज भएको खैरी टोल कमिटीको उपाध्यक्षमा अशोक थापा , सचिवमा शान्ता विश्वकर्मा , सह सचिवमा मिना बराल र हकिकुल्ला मिया चयन हुनु भएको छ ।

त्यस्तै सदस्यमा नितु माया विक , गौमवि सुनार , समद मिया , सम्झना विक , लोक मान सुनार र नारायण बुढा थोकि सर्वसम्मत चयन हुनु भएको छ । भेलाले थप ४ सदस्यिय थप गरेर टोल १५ सदस्यिय कमिटी पुराउने निर्णय गरेको छ ।

टोल कमिटी गठन एवम भेलामा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य एवम शिवराज सह इन्चार्ज बाबुराम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा नेकपा एमाले शिवराज नगर कमिटी सदस्य सिता रेग्मी ,नेत्र प्रसाद बेल्बासे , खगि सुनार ,नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ वडा कमिटी सचिव कविराज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu