अनिल थारु ,कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले चन्द्रौटामा एमसीसी सम्झौता विरुद्ध देशव्यापी रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाको सङ्घर्शको कार्यक्रम अन्तर्गत दोस्रो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको हो ।

नेकपाका जिल्ला इन्चार्ज जुझारुको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका सेक्रेटरी विश्वाससहित नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।
सशस्त्र चोकबाट नाराबाजी सहित सुरु भएको मशाल जुलुस चन्द्रौटा चोकमा पुगेर कोणसभा भएको थियो । कोणसभामा नेकपाका जिल्ला इन्चार्ज जुझारुले एमसीसी परियोजना नेपालको हितमा नभएको भन्दै यसले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बताए । उनले यो सम्झौता षड्यन्त्रपूर्वक संसदबाट पास गरेर कार्यान्वयन गर्न खोजिएको भन्दै देशभक्त नेपालीहरूले निरन्तर खबरदारी गर्न आवश्यक रहेको बताए । उनले भने, “एमसीसी सम्झौताविरुद्ध सम्पूर्ण नेपालीहरू पार्टीगत स्वार्थभन्दा माथि उठेर देश जोगाउन उठ्नुपर्छ ।” उनले कुनैपनि हालतमा सम्झौता खारेजीका विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने बताए ।

नेकपाका जिल्ला इन्चार्ज जुझारुको नेतृत्वमा भएको कार्यक्रममा युवा संगठन नेपाल केन्द्रिय सदस्य बाद्ल , विजयनगर सेक्रेटरी सहित नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य तथा शिवराज नगर सेक्रेटरी पाबेलले गरेका थिए ।