Connect with us
Kapilvast Forest

एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप लाउँछौं : झलनाथ

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच एमसीसीबारे संसदमा प्रस्तुत हुने रणनीतिबारे छलफल भएको छ ।

 

नेकपा एसको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच भेटघाट भएको हो ।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने खनालले बताए भयो ।

 

उनले भने, ‘सामाजवादीको स्ट्याण्ड सुरूदेखि अन्तिमसँग क्लियर छ नो एमसीसी । विथ आउट एनि चेन्ज अर एमेनमेण्ट नो एमसीसी । हामी दुई पार्टीहरू जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौँ । त्यो भनेको परिमार्जनबिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौँ ।’

बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको जानकारी दिए । संसदमा हुने एमसीसीको छलफलमा भाग लिने भन्दै उनले भने’,‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदैछ । तर, अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन । डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ । राष्ट्रिय विषयमा सबै संसदहरूले बोल्ने चान्स पाउनु पर्ने हुन्छ । यही विषयमा सबैसँग सभामुखलगायतसँग छलफल गर्ने कुरा भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu