Connect with us
Kapilvast Forest

जसपाको कार्यकारिणी समिति बैठक : १२ एजेण्डा तय

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं- आन्तरिक विवाद चुलिएको बेला जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ ।शुक्रबारदेखि सुरु भएको बैठकको १२ वठा एजेण्डा तय गरिएको छ । पहिलो एजेण्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ ।

 

जसपामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच चर्को विवाद छ ।कार्यकारी अध्यक्षको अधिकार बाँडफाँटको माग गरेको भट्टराई पक्षले हस्ताक्षर समेत संकलन गरेको छ, तर अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।कार्यकारिणी समितिको बैठकमा विधान सम्मेलन, संगठनात्मक कार्य लगायतका एजेण्डा पनि छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu