Connect with us
Kapilvast Forest

युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं – मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ ।लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो ।

 

अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ ।’

कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुने एलाइन्सले जनाएको छ । साथै कुनै पनि सार्वभौम मलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्दत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुनेतर्फ पनि एलाइन्सले स्मरण गराएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu