Connect with us
Kapilvast Forest

युक्रेन छाड्दै नेपाली, धेरैजसो पोल्याण्ड गए, केही स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ ।

दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् ।

अन्य २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा रहेको दूतावासले जनाएको छ । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।\

 

रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको छ ।

पासपोर्ट, नगद, कोरोनाविरुद्धको खोप लगाएको भए सो खोपकार्डसमेत आफूसँग राखिराख्न दूतावासले सुझाव दिएको छ ।

हेर्नुहोस् दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्ति

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu