Connect with us
Kapilvast Forest

एमसीसी आजै अनुमोदन हुन्छ : रामचन्‍द्र पौडेल

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी आजै संसदबाट अनुमोदन हुने बताउनु भएको छ । सत्ता गठबन्धनको बैठकपछि सञ्चाकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले संसदमा उठेका प्रश्नहरुमा सरकारको व्याख्यात्मक टिप्पणीसमेत जवाफ दिएर आजै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भयो ।

सदनमा उठेका प्रश्नलाई सरकारले व्याख्यात्मक टिप्पणीसहित जवाफ दिएर आजै पारित गर्छ उहाँले भन्नु भयो नेता पौडेलले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्नेबारे गठबन्धनका सबै दलको सहमति जुटेको बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता सहभागी हुनुन्थ्यो ।संसद् बैठक दिउँसो १ बजे बस्दैछ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu