Connect with us
Kapilvast Forest

आन्दोलनमा आएका माओवादीका कार्यकर्ता भन्छन्- पार्टीले धोका दियो

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्।

आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्।

नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा भने।

माओवादी केन्द्रले आज व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ। त्यसको पार्टीभित्रबाटै विरोध भइरहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu