Connect with us
Kapilvast Forest

दाङमा पिकपको ठक्करबाट स्कुटी चालकको मृत्यु

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं-दाङमा पिकपको ठक्करबाट आइतबार राति एक जनाको ज्यान गएको छ।

तुलसीपुर-घोराही सडक खण्डमा आइतबार बेलुकी ९:३० बजेतिर पिकअपले स्कुटीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

तुलसीपुर-१७ फोर्टीनाइन चोकका दुर्घटनामा परी २४ वर्षीय ताराबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते केसीको उपचारका क्रममा: राति नै राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु१च ६२८९ नम्बरको पिकअपले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा५प ९०६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu