Connect with us
Kapilvast Forest

शिवरात्रिलाई पशुपतिनाथ झकिझकाउ

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौँ — धुमधामका साथ शिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिएको छ । यस पटक दर्शनार्थीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न बर्सेनि हजारौंको संख्यामा दर्शनार्थी भेला हुने गरेका छन् । यस पटक शिवरात्रि आगामी मंगलबार परेको छ ।

 

कोरोना संक्रमणविरुद्धको स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा भेला हुनेलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । ‘

मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिएका छन् । आवश्यकताअनुसार प्रहरीका कमान्ड पोस्ट र सबकमान्ड पोस्टको समेत व्यवस्था गरेर सुरक्षा दिइने सुवेदीले जानकारी दिए । दर्शन मार्गमा ब्यारिकेड जडानलगायतका काममा नेपाली सेनाले सघाउने भएको छ ।

 

सुरक्षाकर्मीसँगै नेपाल स्काउटले समेत सुरक्षा प्रदान गर्नेछ । करिब ५ हजारको संख्यामा स्वयंसेवक परिचालन गरिने प्रचार उपसमिति सचिव रेवतीरमण अधिकारीले बताए । स्काउटका स्वयंसेवकले श्रद्धालुको लाइनको सहजीकरण गर्नेछन् ।बिहान ३ बजेदेखि चारै ढोकाबाट पशुपतिनाथ दर्शनको व्यवस्था हुनेछ । विशेष पूजा बिहान र साँझ ६ बजेपछि मात्र हुनेछ । दर्शनार्थी बाहिर निस्किएपछि कोर क्षेत्रभित्र र बाहिरचाहिँ चन्दन पाइने व्यवस्था मिलाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu