Connect with us
Kapilvast Forest

म प्रधानमन्त्री नभएको भए हुलाकी बन्थ्यो र ? : ओली

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु – म प्रधानमन्त्री नभएको भए हुलाकी सडक बन्थ्यो र ? भन्ने प्रश्न नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि ओलीले कपिलवस्तुवासीलाई गर्नु भएको छ । उहाले तौलिहवाको बुद्धपद्म माविको खुला चौरमा आयोजित ३० हजार बढी जनसहभागिको सभामा बोल्दै यस्तो प्रश्न सोध्नु भएकोहो । उहाले कुनैदिन यस्तो थियो जतिवेला कम्युनिष्टलाई शक्ति नै नठान्ने कांग्रेसलाई अहिले दुबैतर्फ बैशाखी चाहिने कसरी भयो ? भन्दै आश्चर्य प्रकट गर्नु भयो । अध्यक्ष ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने बताउनु भएको छ ।

एमाले कपिलवस्तुले आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास भई सम्वृद्धी आउने बताउनु भयो । एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गर्नु भयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले सत्तारुढ दल प्रति इगिंत गर्दै बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताउन भयो । एमाले बलियो दल भएकैले कांग्रेसले २ तर्फ बैसाखी टेकेर लड्न खोजेको भन्दै बैसाखी टेकेर होइन सवै भएभरका दल मिलेर आए पनि एमालेले जितने दाबि गर्नु भयो ।

उहाँले धेरै समय आफ्नो कार्यकालमा भएका विकास निर्माणको कामको विषयमा चर्चा गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर चलेको बताउनु भयो । हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गर्नु भयो ।उहाँले कपिलवस्तुमा उद्योग, प्रयर्टन, कृषिको क्षेत्रमा प्रयाप्त संभावना भएको जिल्ला भएको बताउनु भयो ।

जिल्लाको विकासको लागि खानेपानी , सिँचाईको योजना सम्पन्न हुनु पर्ने बताउनु भयो । जिल्लामा एउटाको हातमा दुई विरुवा रोपेर वातावरण जोगाउने अभियानमा लाग्नु पर्ने बताउनु भयो । वातावरण जोगाउँदै र हरीयाली र स्वच्छ समाज वनाउँदै तौलिहवा र कृष्णनगरलाई ग्रिनसिटी वनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारी कै कारण स्थानीय तहको निर्वाचन भएको बताउनु भयो । उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसै सँग तागत नभएको दाबी गर्नु भयो । एमाले महासचिव शंकर पोख्रेलले सभाको सम्बोधन गर्दै आगामी दशकहरुमा केपी ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमाले प्रति जनताको विश्वास बढेको बताउनु भयो । उहाँले एमालेले देशमा सम्बृद्धीको आधारशिला खडा गरेको कारण विपक्षीहरु डराएको समेत दाबी गर्नु भयो ।
एमाले प्रवेश पछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताउनु भयो ।कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।
गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको छ ।
सांसद गुप्ता ७ हजार कार्यकता सहित प्रवेश गर्नु भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नु भएको छ । विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu