Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगन्जमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तुको महाराजगन्जमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । सोमवार नगरप्रमुख अब्दुल कलामले महाराजगन्ज नगरपालिका वडा न १ मा सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै प्रमुख कलामले नागरिकहरूको सेवामा सहजता ल्याउनको लागि नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
आयुर्वेद चिकित्सा प्रति नागरिकहरूको विश्वास बढी रहेकोले नगरमा आरोग्य सेवाले प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने कलामले बताउनुभयो । आयुर्वेद बारे महत्त्व बुझाई नागरिकहरूलाई निरोगी बनाउन सेवा केन्द्रको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

वर्तमान अवस्थामा आयुर्वेद र योगाको अभ्यासले विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग लड्ने रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने भएकोले यो उपचार पद्धति प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
नागरिक आरोग्य सेवा केन्द्रले प्रत्येक वडाहरुमा योग शिक्षा प्रदान गर्ने,निशुल्क औषधि उपलब्ध गराउने लगायका कामहरु गर्ने जिल्ला आयुर्वेदका प्रमुख प्रवेश श्रीवास्तावले बताउनुभयो । पञ्चकर्म सेवा,योगा मधुमेह,रक्तचाप,स्त्री रोग छाला ग्यास्टीक लगायतको उपचार गरिने बताइएको छ ।
आयुर्वेद सम्बन्धीका औषधी पालिकामै पाउने भएपछि स्थानीयहरू खुसी भएका छन् । आयुर्वेद औषधिका लागि जिल्ला सदरमुकाम सम्म धाउनुपर्ने समस्याबाट मुक्त भएको समेत स्थानीयको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu