Connect with us
Kapilvast Forest

कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस्:प्रकाशमान

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

parkash

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताउनु भयो ।

आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भन्नु भयो , ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ उहाँले २०४६ सालयताको राजनीतिक परिवर्तनपछि अपेक्षाकृत विकास नहुनुमा एमाले मुख्य बाधक भएको आरोपसमेत लगाउनु भयो ।

 

कांग्रेसको एक महिने चुनावी अभियानले देशभर हलचल ल्याएको दाबी गर्दै उनले जनताको घरमा पुग्दा शालिनता र नम्र व्यवहार देखाउन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

स्थानीय निकायको चुनावमा पार्टीका उमेदवार सिफारिस र चयन पार्टी विधान अनुसार गर्नुपर्ने बताउँदै उनले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न निर्देशनसमेत दिनु भयो ।

 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले काठमाडौंको संगठन बलियो भयो भने देशभरको संगठन बलियो हुने भन्दै त्यसैअनुसारको तयारी कांग्रेसले गरिरहेको बताउनु भयो । अब काठमाडौंले नै मुलुकको नेतृत्व गर्ने अवसर आउने भन्दै उहाँले भन्नु भयो , ‘हामीले यो अवसर गुमाउनु हुँदैन ।’

कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित, राजेन्द्र कुमार केसी, कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुझ बानियाँलगायतले कांग्रेसका उम्मेदवारहरुलाई जिताउने गरी चुनावमा खट्नुपर्नेमा जोड दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu