Connect with us
Kapilvast Forest

स्थानीय आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं –सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।शुक्रवार शुरु भई मगंलवार(आज) काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यहरुको सुझावको आधारमा कांग्रेसले चुनावी तालमेलको निर्णय गरेको हो ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मतिबाट स्थानीय आवश्यकता र अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।​

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu