Connect with us
Kapilvast Forest

विप्लव नेकपाको बैठकमा कसले के भने?

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय समितिको १२औं पूर्ण बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। बैठकले एमसीसीविरोधी देशभक्त, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रेम दर्नालले  जानकारी दिए।

 

बैठकले पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। बैठकमा पार्टी महासचिव विप्लवसहित २५ केन्द्रीय सदस्य चुनावको पक्षमा देखिएका छन्। पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ओमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झांक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमन सिंहले बैठकमा चुनावको उपयोग गर्नुपर्ने धारणा राखेका थिए।

चुनावको बिपक्षमा हेमन्तप्रकाश वली, धर्मेन्द बास्तोला, चुडामणि वली ‘आदर्श’, उदयबहादुर चलाउने‘दिपक’, विजय श्रेष्ठ ‘प्रज्वलन’, सन्देश पौडेल, मोहलाल चन्द ‘आधार’, बलबहादुर वली ‘शितल’, गुणराज लोहनी, ध्रुव घिमिरे ‘विप्लव’, सावित्रा दुरा, नवीन विक, बन्धु चन्द, निर्मल थमनसिंह राइ छन्।

त्यस्तै केन्द्रीय सदस्यहरु देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेश, पूणर्बहादुर सिंह, रुपेश, विकिरण, जुझारु, सुवास बाँठामगर, विश्व संगम (मुगु), नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर बिसी, समर शाही, सविन पोख्रेल, सरद वली, संगम (कपिलवस्तु), संगम (जाजरकोट), जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा उपाध्यक्ष, उभार पुन, बाला थापा‘कृति’ चुनावको विपक्षमा बोलेका थिए।

सल्लाहाकारहरु असारे काका, चित्रबहादुर आले, दिर्घ पाण्डे, शंकर खड्कापनि चुनावको विपक्षमा बोलेका थिए। बैठकमा नेता हेम खतिवडा नुपस्थित थिएनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu