Connect with us
Kapilvast Forest

आईपीएलमा राजस्थान रोयल्सको सानदार जित

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

 काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाईखेलकुद प्रमुखराष ६१ रनले हराउँदै राजस्थानले सानदार सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ मात्रै बनाउन सक्यो ।

हैदराबादका एडेन माक्ररमले ५७ र वासिन्टन सुन्दरले ४० रन बनाएका थिए । रोमारियो शेफर्ड २४, ओपनर अभिषेक शर्मा ९, अब्दुल सामद ४, कप्तान केन विलियम्सनले २ रन मात्रै जोडे । निकोलस पुरन र राहुल त्रिपाठीले रनै जोड्न सकेनन् । राजस्थानका बलर युजभेन्द्र चहलले ३ र प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्टले २/२ विकेट लिए ।पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu