Connect with us
Kapilvast Forest

जसपा, नेपाल शिवराज ५ को अध्यक्षमा सलिम चयन

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु-
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु शिवराज ५ को वडा समितिको अध्यक्षमा सलिम मिया चयन हुनु भएको छ ।
जसपा नेपाल शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षमा भेला खैरीका सलिम मियालाई वडा अध्यक्ष पदमा चयन गरेको हो ।

कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले पार्टिको चुनावी अभियान अन्तरगत समिती बिस्तार कार्य तिब्र गतिमा बढाएको जानकारी दिनु भयो ।

स्थानीय तहको निर्वाचनमा जसपा नेपाल बिजयी हुने निश्चित भएकोले सबै कार्यकर्तालाई चुनावमा होमिन अध्यक्ष यादवले आग्रह गर्नु भयो ।

सोहि भेलालाई सम्बोधन गर्दै जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य तथा शिवराज नगर इन्चार्ज रहिश शाहले नव गठित वडा समितिलाई बधाई दिदै चुनावमा खटिन आग्रह गर्नु भयो ।
जसपा नेपालको तर्फबाट शिवराज नगरको मेयर पदको आकांक्षी समेत रहेका शाहले २०७९ को स्थानीय तहको निर्वाचन जसपामय हुने बताउनु भयो ।
शिवराजको समृद्धि, सुशासनका लागि जसपा अनिवार्य अगाडि बढनु पर्ने भेलामा सहभागी युवा नेता मेनाज खानले जोड दिएका थिए ।
वडा अध्यक्ष सलिम मियाको अध्यक्षतामा गठित वडा समितिमा ३१ सदस्य रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu