Connect with us
Kapilvast Forest

स्थानीय निर्वाचनमा एमालेले ६० प्रतिशत बढी स्थानमा जित्छ : उपाध्यक्ष पौडेल

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रस्ट पारेका छन् ।प्रेस चौतारी रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रस्ट पारे ।

पौडेलले एमालेलाई सिध्याउन कानुनको धज्जी उडाएर अदालत न्यायालयलाई दुरुपयोग गरेर, मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताए ।

 

उनले गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक जित हात पार्ने दाबी गर्दै एमालेले गरेका ठूला ठूला विकास निर्माणका कामहरुलाई जनता समक्ष ल्याउन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

उपाध्यक्ष पौडेलले अन्य दलहरूले गठबन्धन गर्नु र नगर्नुमा कुनै अर्थ नभएको जिकिर गर्दै एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न नसक्ने बताए ।

उपाध्यक्ष पौडेलले गठबन्धनको पट्का पड्काएर एमालेलाई चुनावमा तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu