Connect with us
Kapilvast Forest

२२ चैतभित्र गठबन्धनको अवस्थाबारे स्थानीय र प्रदेशको रिपोर्टिङ केन्द्रलाई गरिसक्नुपर्ने

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- सत्ता गठबन्धन बैठकले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चैत २२ गतेभित्र स्थानीय र प्रदेशको रिपोर्टिङ केन्द्रलाई गरिसक्नुपर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले गाउँपालिका,जिल्ला र प्रदेशमा गठबन्धनको अवस्थाबारे रिपोर्टिङ केन्द्रलाई गर्नुपर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश,जिल्ला र गाउँपालिकामा पाँच दलका प्रमुखको नेतृत्वमा बन्ने समितिले प्रतिवेदन तयार गर्नुपर्नेछ । उहाँले न्नु भयो बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने निर्णय भएको छ । त्यसका लागि प्रदेशका दलहरु सम्मिलित नेताहरुको समिति बन्छ । प्रदेशस्तरीय काम प्रारम्भ गर्छ । जिल्लास्तरमा जिल्लाका प्रमुखहरुको समिति बन्छ ।

त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । स्थानीयस्तरमा स्थानीयस्तरका प्रमुखहरुको समिति बन्छ । त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । २२ गते भित्र आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ रु केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्छ ।यस्तै बैठकले पाँचदलीय गठबन्धन एक ठाउँमा उभिएर चुनावमा सहभागी हुने निर्णय गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu