Connect with us
Kapilvast Forest

मुक्ति समाज विजयनगर गाउँकमिटीको बैठक सम्पन्न

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु – नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाउँकमिटीको बैठक सम्पन्न भएको छ ।विहिवार पालिकाको सभा खडैचामा आयोजित मुक्ति समाजको बैठक बसि विभिन्न निर्णय गरेको गाउँकमिटी अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज नेकपा एमाले जिल्ला सचिव चन्द्रबहादुर गहतराजले कपिलवस्तुको सबै पालिकामा मुक्ति समाजलाई टोल सम्म पुराउनु पर्ने आवश्यक रहेको बताउनु भयो । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन रहेकोले पार्टी पनि संगै मजबुत हुदै जाने दाबी गर्नु भयो ।

मुक्ति समाजको जिल्ला सम्मेलनलाई लक्षित गरि बैठक बसिएको बताइएको छ ।बैठकले १६ सदस्यीय सचिवालय गठन गरि प्रत्येक वडामा इन्चार्जको जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ ।

पालिकाको वडा १ र २ मा २१ गते गुगौली र मगरघट्टा,वडा ३ र ४ मा २३ गते जगदिशपुर र शंकरपुर,वडा ५ मा २० गते बघमरवा,वडा ६ मा २२ गते भट्नी हरिबोध वडा ७ मा २४ गते गणेशपुर वडा भेला गर्ने तय भएको छ । जिल्ला सम्मेलनलाई सफल बनाउन गुरु चरण कोरीको संयोजकमा १४ जनाको जनपरिचालन उपसमिति, तौलेश्वर खटिकको संयोजकमा १० सदस्यीय आर्थिक संकलन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, झन्ड व्यानर व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

पार्टी सचिवालय सदस्य कृष्ण भण्डारी, गोपाल बहादुर थापा गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहा,शिक्षक संगठन जिल्ला सदस्य उत्तम बहादुर कोरी लगाएतले बैठकलाई सम्बोधन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu