Connect with us
Kapilvast Forest

प्रथम बाणगंगाा सडक खाना महोत्सव फाल्गुण २७ गते हुने

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा प्रथम बाणगंगा सडक खाना महोत्सव हुने भएको छ । यहीँ फागुन २७ गते चार नम्बर जितपुरमा प्रथम सडक खाना महोत्सवको तयारी सुरु भएको आयोजकले जनाएका छन् ।

प्रथम बाणगंगा सडक खाना महोत्सवका संयोजक बुद्धि बहादुर रोकाहा (दिनेश) ले बिभिन्न जनजाति झल्किने स्थानीय परिकारहरुसँगै महोत्सवमा राष्ट्रीय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने जानकारी दिनु भयो ।

महोत्सकका निर्देशक गणेश बहादुर सिहं ठकुरी (सुशील)ले स्थानीय महोत्सवको प्रमुख आयोजकका रुपमा बाणगंगा नगरपालिका वडा नं। ४ रहे पनि पनि यो महोत्सव समग्र जिल्लाबासीको भएकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।माघ महिनामा हुने भनिएको सडक खाना महोत्सव कोरोनाका कारण तत्कालीन समयका लागि स्थगित भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu