Connect with us
Kapilvast Forest

कावासोतीमा मृत गैँडा फेला, खाग र खुर सुरक्षित

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।कावासोती नगरपालिका–१० चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा आज शुक्रवार झन्डै २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेश तिवारीले स्थानीयवासीले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताउनुभयो ।

‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भन्नुभयो, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍याे ।’ मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो ।

आज भेटिएको योसँगै चालु आर्थिक वर्ष २०७८/७९ मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताउनुभयो । यस वर्ष अहिलेसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी सिकारका कारण मरेका तिवारीको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu