Connect with us
Kapilvast Forest

पूर्वी नवलपरासी कांग्रेस सभापतिमा जिसी निर्विरोध

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

 

पूर्वी नवलपरासी – नेपाली कांग्रेस पूर्वी नवलपरासीको सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन हुनु भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेका अनुसार सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि जिसी निर्विरोध हुनु भएको हो ।

 

सभापतिमा शुक्रबार मनोनयन दर्ता गरेका जिसीलाई सभापति बनाउन घिमिरेले सहमति जनाएको लामिछानेले जानकारी दिनु भयो ।

 

कांग्रेसमा ४२ वर्षदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन हुनु भएको हो । उहाँ ३०३६ सालपछि २ पटक तत्कालीन जिल्ला पञ्चायतका सभापति र दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका व्यक्ति हुन् । ६६ वर्षीय जिसी नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।

कांग्रेस निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश अधिकारीले सभापतिका प्रत्यासी बालकृष्ण घिमिरेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको पुष्टि गर्नु भयो । उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको लामिछानेले बताउनु भयो ।

कांग्रेस महासमिति सदस्य र जिल्ला सदस्यहरुका लागि शनिबार मतदान हुँदैछ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu