Connect with us
Kapilvast Forest

प्रदेश १ को नाम कोसी राख्न एमाले अध्यक्ष ओलीको सुझाव

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

  काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश-१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उहाँले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश-१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उहाँको भनाइ छ ।

जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu