Connect with us
Kapilvast Forest

दाङको घोराहीबाट १० जना जुवाडे पक्राउ 

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

 

दाङ- दाङको घोराहीबाट होटेल सञ्चालकसहित दश जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दुई लाख २१ हजार तीन सय बढी रकमसहित दाङको घोराही उपमहानगरपालिका-५ का ३० वर्षीय कृष्णबहादुर रावल, घोराही –१३ का ३९ वर्षीय मानबहादुर खड्का, घोराही – १६ का ३५ वर्षीय रमेशबहादुर कुँवर, घोराही – १३ का ४५ वर्षीय खेमराज गिरी, घोराही– ४ का ४५ वर्षीय काशिराम भट्टराई, घोराही – १५ का ५५ वर्षीय भुपबहादुर केसी, बबई गाउँपालिका – ६ का ३० वर्षीय युवराज केसीलाई पक्राउ गरेको हो ।

त्यस्तै अर्घाखाँचीको सन्धिखर्च नगरपालिका वडा नं. ८ का होटेल सञ्चालक ५२ वर्षीय गोपालबहादुर कुँवर, रोल्पाको रून्टीगढी गाउँपालिका –७ का ३४ बर्षीय सरोज पुन, रुन्टीगढी –९ का ३६ वर्षीय घनश्याम वली र प्यूठानको प्यूठान नगरपालिका-५ का २८ वर्षीय जीवन नेपालीलाई रहेको पक्राउ गरेको हो । पक्राउ परेकाकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu