Connect with us
Kapilvast Forest

ट्रकको ठक्करबाट एक जनाको मृत्युपछि जीतपुर तौलिहवा सडक अवरुद्ध

२०७८, २३ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु -गयराती कपिलवस्तुको ओदारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरी चौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् । भारतीय ट्रकले मोटर अटो रेक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०/८० मिटर जति घिसारेर मारेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटनामा वडा न ११ का अनिल मगरको मृत्यू भएको हो ।अटो रेक्सा चालक रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।

चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।ट्रकका चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै प्रहरी माथि आक्रोस पोखिएको हो ।

प्रहरीले गयराती नै वल प्रयोग गरेर शव उठाएपछि तनाव वढ्दै गएको हो । आज विहानै वाट प्रहरी चौकी घेराउ गरेर स्थानीय वसेका छन् । कुनैपनि बेला थप तनाव हुने देखेपछि प्रशासनले शशस्त्र समेत परिचालित गरेको छ । राती दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेर भिड नियन्त्रणमा लिइएको थियो । तौलिहवा जीतपुर सडक रातीदेखिनै अवरुद्ध छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu