Connect with us
Kapilvast Forest

रुपन्देहीका सिडियो तिवारीले सिफारिस नदिदाँ यादव उपचारबाट बन्चित

२०७८, २३ फाल्गुन सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस नदिदा रुपन्देही रोहिणी गाउँपालिका वडा नं २ का २० वर्षीय पुष्पेन्द्र यादव उपचारबाट बन्चित भएका छन ।

मृगौलाबाट पीडित यादवले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विगत १ महिना देखि सिफारिस माग गर्दा कुनै सुनुवाइ नभएको विरामीका बुवा भुपेन्द्र चन्द्र यादवले जानकारी दिनुभयो ।

मृगौला पिडित पुष्पेन्द्रलाई उपचारका लागि भारतको दिल्लीमा रहेको फोर्टिज हस्पिटलमा भर्ना गरिएको यादवले बताउनु भयो ।

पीडित परिवारले गत माघ १३ गते देखि जिल्ला प्रशासन कार्यालय रुपन्देही धउदा प्रजिअले नसुने जस्तो गरेको पीडित परिवारले आरोप लगाएका छन ।

पीडित यादव परिवारले स्थानीय तहको सिफारिस पत्र समेत ल्याएका छन् । जिल्ला प्रशासन कार्यालयले सिफारिस दिएपछि मात्र अन्य निकायमा सिफारिसको लागि पठाइने छ तर सिडियोले सिफारिस दिन मनेकै छैनन् ।

प्रशासनको पत्र पाएपछी बीर अस्पतालको सिफारिस, कन्सुलर सेवा विभागको सिफारिस, मेडिकल बोर्डको निर्णय र स्वास्थ्य मन्त्रालयको एनओसी (No objection Letter) को लागि जानू पर्ने हुन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट पत्र नपाएपछि अन्य ठाउँ जाने बाटो नै रोकिएको छ ।
माथिका यी सबै कागजात पाइसकेपछि मात्र दिल्ली स्थित नेपाली दुताबासले फोर्टीज हस्पिटल लाई NOC दिनेछ ।

कुनै पनि नेपाली नागरिकले भारतमा मृगौलाको उपचार गर्न जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको छ ।

भारतमा रहेको नेपाली दूतावासले नेपालीको उपचारका लागि सिफारिसको आवस्यक्ता पर्ने भनी स्पष्ट रुपमा लेखेपनी प्रजिअले सिफारिस दिन नमानेको यादव परिवारले बताएका छन ।

एक महिना भन्दा बढी भयो तर जिल्ला प्रशासन कार्यालयको सिफारिस नदिएको पीडितका परिवारका सदस्यले दुख पोखेका छन ।

भारतमा रहेको नेपाली दूतावासले नेपालको विभिन्न १० कागजात मध्ये जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र समेत समाबेश गरी कागजात पेश गर्न परिवारलाई अग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस दिनका लागि कुनै पनि कार्यविधी नबनेको भन्दै आलटाल गर्दै आएका छन ।
मन्त्रालयबाट लिखित पत्र आए मात्र सिफारिस दिने प्रजिअ तिवारीले बताउदै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu