Connect with us
Kapilvast Forest

महाराजगंजमा ११२औं महिला दिवसको अवसरमा बकृत्वकला प्रतियोगिता सम्पन्न

२०७८, २४ फाल्गुन मंगलवारमा प्रकाशित

 

कपिलबस्तु-“सामजिक न्याय र लैगिंक समानता:दिगो बिकासको सुनिश्चितता”भन्ने मुल नाराको साथ कपिलबस्तुको महाराजगंज नगरपालिकाको आयोजना तथा आई.एन.एफ नेपाल शाखा महाराजगंजको सहकार्यमा महाराजगंजमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगर बिकासमा महिलाहरुको भुमिका बिषयको बकृत्तवकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरि मनाईएको छ ।

महिला हकहित तथा संरक्षणको लागि तथा महिलाहरुको मनोबल बढाउनाको लागि यो कार्यक्रम सञ्चालन गरिएको महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । महिलाहरु सशक्तिकरणको लागि यस्ताको लागि थप कार्यक्रमहरु सञ्चालन गरिने नगर प्रमुख कलामले बताउनु भयो ।

कार्यक्रममा महाराजगंज नगरपालिका भित्र संचालित रहेको शिव प्रताप मा.बि भलवारी,भद्र मा.बि पडरिया,जानकी मा.बि महाराजगंज,राष्ट्रिय मा.बि कजरहवा,शिवभारी मा.बि शिवभारी ,बुटहानिया मा.बि,न्यु शिशु ईगंलिस बोर्डिङ महाराजगंज,सरस्वती बिद्या मन्दिर गरि ८ वटा बिद्यालयबाट एक/एक जना छात्राहरुको सहभागिता रहेकोथियो ।सो बकतृत्वकला प्रतियोगिता कार्यक्रममा श्री जानकी मा.बि महाराजगंजको छात्रा बिद्या त्रिपाठीले प्रथम,श्री न्यु शिशु ईगलिस बोर्डिङ स्कुलको छात्रा आस्था चौधरी द्वतिया,श्री राष्ट्रिय मा.बि कजरहवाको छात्रा शिवानी त्रिपाठी तृतिया तथा श्री भद्र मा.बि पडरियाको छात्रा हर्सिता चौधरीले सन्तावना स्थान हासिल गरेको महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले जानकारी दिनु भयो । महिलाहरुको लागि थप कार्यक्रम महिलाहरु शिक्षित र उद्यमी बनाउने जस्तो कार्यक्रम समेत संचालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

बिजेता हासिल गरेको सहभागिहरुलाइ महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम,नगर उप-प्रमुख  शुभावती कुर्मी तथा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले पुरुषकार बितरण गर्नुभएको महिला तथा बालिका शाखा प्रमुख बिन्दबासिनी चौधरीले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिकाको नगर उप-प्रमुख शुभावती कुर्मीको अध्यक्षता,नगर प्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । महिला हिसां न्युनिकरणमा जोड दिनुपर्ने बक्ताहरुले जोड दिनुभएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu