Connect with us
Kapilvast Forest

संखुवासभा बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे, ५ जनाको उद्धार

२०७८, २६ फाल्गुन बिहीबारमा प्रकाशित

संखुवासभा – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ ।  पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो ।  दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको हो । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu