Connect with us
Kapilvast Forest

१० औँ कपिलवस्तु डान्स आइडलको अन्तिम अडिसन यहीँ चैत्र १ गते

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-१० औँ कपिलवस्तु डान्स आइडलको अन्तिम अडिसन यहीँ चैत्र १ गते ११ बजे हुने भएको छ । महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अन्तिम अडिसन सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिएका छन् । इच्छुकले आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको कार्यालयमा सम्र्पक गर्न समेत संयोजक खाणले आग्रह गरेका छन् । आइडलमा प्रथम हुनेले नगद रु १ लाख ११ हजार एक ११ मेडल र प्रमाण पत्र, द्धित्तिय हुनेले नगद रु ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृत्तिय हुनेले नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने खाणले जानकारी दिए । त्यस्तै सान्तवना हुने २ जनाले २५ हजार नगर मेडल र प्रमाण् पत्र पाउने छ ।

महोत्सवको करिब ७७ प्रतिशत तयारी पूरा भइसकेको र महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम धमाधाम अघि बढिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताएका छन् ।

महोत्सव स्थलमा स्टेज विगतका महोत्सवमा भन्दा ठूलो बनाईने गरि काम भईरहेको बताउँदै निर्देशक मगरले महोत्सवमा प्रवेश गर्ने मूलगेट बुर्ज खलिफाको शैलीमा निर्माण भईरहेको बताए । उनले कोरोना संक्रमणका कारण थलिएको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने बताउँदै यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उनको भनाइ छ । आयोजकले उद्घाटन मिति नजिकिएसंगै तयारीलाई तीब्र पारेको छ । महोत्सव स्थलमा २ सय ५० स्टल रहने र स्टल निर्माणको काम समेत अन्तिम चरणमा रहेको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu