Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तु क्षेत्र न २ लाग्यो चुनावि अभियानमा

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

 

कपिलवस्तु-नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र न। २ कपिलवस्तुको सनिवार बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । शनिवार कपिलवस्तु क्षेत्र न २ का का सभापति केशवकुमार श्रेष्ठको अध्यक्षतामा महाराजगंज नगरपालिका वडा न। २ गैडहवामा बसेको कार्य समितिको तेस्रो बैठकले

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको अभियान अनुसार स्थानीय तहको निर्वाचन एव एमसिसी को सन्दर्भमा आम नेपाली जनतामा रहेको गलत धारणालाई परिवर्तन गरी नेपाली कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न घर घर जाँऊ नेपाली कांग्रेसलाई जिताऊ भन्ने एक महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै अभियानलाई सफल बनाउन यस निर्वाचन क्षेत्र भित्र रहेका सबै वडा, गाँऊरनगर र प्रदेश सभा कार्यसमितिका पदाधिकारी एव सदस्यहरु तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधी क्रियाशील सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोहि बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनलहर निर्माण गरी पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन मातहतका वडा कार्यसमितिहरुलाई सहजीकरण गर्ने गरी क्षेत्रीय कार्य समितिका पदाधिकारी एव सदस्यहरुलाई विभिन्न वडामा समन्वय गर्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।

साथै आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको विधान (संसोधन सहित)२०१७ बमोजिम गाँऊ नगर वडा अध्यक्ष तथा सदस्य पदका लागि सम्भावित उम्मेदवारको सिफारिस गर्दा अनिवार्य रुपमा उक्त विधानले गरेको व्यवस्थालाई अनुसरण गर्नु पर्ने सम्बन्धित प्रदेश सभा गाँऊरनगर एव वडा कार्यसमितिलाई लिखित जानकारी गराउने र यथासिग्र सम्भावित उम्मेदवारहरुको नामावली माग गर्नेलगायतका निर्ण गरेको

क्षेत्रीय सचिव गंगेशनाथ तिवारीले जानकारी दिनु भयो । भेला तथा बैठकमा सह सचिव कृष्ण बन्जाडे, बुद्धभूमि नगर कार्यसमितिका सभापति माधव दमासे एव महाराजगंज नगर कार्यसमितिका सभापति रामअचल चौधरीलेलगायतले आफनो धारण राख्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu