Connect with us
Kapilvast Forest

अनेम संघ कपिलवस्तुको अध्यक्षमा अधिकारी, ७१ सदस्यिय जिल्ला समिती चयन

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु-अखिल नेपाल महिला संघ कपिलवस्तुको अध्यक्षमा चेतना अधिकारी चयन हुनु भएको छ । अधिकारीको अध्यक्षतामा अनेम संघको दशौं जिल्ला सम्मेलनबाट ६५ जना भुगोल तर्फ र ६ जना सुल्ला तर्फ गरी ७१ सदस्यिय जिल्ला समिती चयन भएको छ ।

जसको उपाध्यक्षमा शान्ता पाण्डे , उपाध्यक्षमा टिका उपाध्याय , सचिवमा धनु अधिकारी , सह सचिवमा मन्जु चौधरी र कोषाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्विरोध चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेद्वारा सपथ ग्रहरण गराउनु भएको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य , अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले अखिल महिला संघले आ आफ्नो निती नियममा रहेर काम गर्दै आएको बताईन् । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिईन् ।

सनिवार भएको संघको दशौं जिल्ला अधिवेशनमा लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य कुमारी शाही , पार्टीका सचिवालय सदस्य तथा संघका केन्द्रिय सदस्य रिता चौधरी , अनेम संघका केन्द्रिय सदस्य एवम नेकपा एमाले जिल्ल कमिटी सदस्य शिव कुमारी थारु , पार्टीका जिल्ला सचिवालय सदस्य पिताम्बर खनाल , नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई , जिल्ला पार्टी सचिवालय सदस्य बिश्व कार्की लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । ।

कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा संघका जिल्ला सचिव चेतना अधिकारीको संचालनमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी , पार्टीका केन्द्रिय सदस्य टेकराज पौडेल लगाएतका नेताहरुको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu