Connect with us
Kapilvast Forest

युक्रेनी शरणार्थीलाई आश्रय दिने व्यक्तिलाई मासिक ३५० पाउण्ड भत्ता दिने बेलायतको घोषणा

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 काठमाडौं-युक्रेनका शरणार्थीहरुलाई आश्रय दिने आफ्ना नागरिकहरुलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड भत्ता दिने घोषणा गरेको छ ।बेलायतका आवास मन्त्री माइकल गोभले टेलिभिजन अन्तर्वार्ताको क्रममा उक्त घोषणा गरेको स्काई न्यूजले जनाएको छ ।

 

यो योजना अनुसार बेलायतका नागरिकले एक युक्रेनी व्यक्ति वा परिवारलाई आफ्नो घरमा सित्तैमा बस्न दिन वा अलग्गै सम्पत्ति उपभोग गर्न दिन सक्नेछ ।आफूहरुको यो योजनाबाट हजारौं शरणार्थीहरु लाभान्वित हुने मन्त्री गोभको विश्वास छ । उनका अनुसार यो योजनामा स्थानीय परिषदलाई प्रतिव्यक्ति १० हजार पाउण्ड अनुदान दिइने छ, ताकि रुस-युक्रेन संघर्षको कारण शरणार्थी बनेकाहरुको अतिरिक्त आवश्यकता पूरा गर्न सकियोस् ।

 

उनले भनेका छन्, ‘हाम्रो देशमा आउने प्रत्येक व्यक्तिका लागि स्थानीय अधिकारीहरुलाई प्रतिव्यक्ति १० हजार पाउण्डभन्दा बढी उपलब्ध गराइने छ ।’

रुसले आक्रमण गरेपछि देश छोड्न बाध्य भएका युक्रेनका नागरिकहरुलाई आवास दिन इच्छुकहरुको सूची दर्ताका लागि सोमबारदेखि एक अनलाइन लन्च गर्ने तयारीसमेत गरेको मन्त्री गोभले बीबीसीको सण्डे मोर्निङ कार्यक्रममा भनेका छन् ।

युक्रेनी शरणार्थीहरुलाई रोजगारी दिन सेन्सबरी, मार्क्स एण्ड स्पेन्सर, मोरिसन्स लगायत बेलायतका कम्पनीहरुले इच्छा देखाएको पनि बीबीसीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu