Connect with us
Kapilvast Forest

शितगंगा नगर स्तरिय चौथो राष्ट्रपती रनिङशिल प्रतियोगिता सम्पन्न

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

अराज बेल्बासे,अर्घाखाँची –
शितगंगा नगर स्तरिय चौथो राष्ट्रपती रनिङशिल प्रतियोगिता सम्पन्न भएको छ। शितगंगा नगरपालिकामा नगर स्तरीय रनिङशिल खेलकुद प्रतियोगिता रजियाको खेल मैदानमा भब्यरुपमा सम्पन्न भएको हो ।
आज खेल महिला पुरुष भलिबल, हाइजम्प,लङग जम्प, सटफुट , बिभिन्न ७ बिधामा दौड लगायतका खेलहरु सम्पन्न भएका छन ।

२३० जना बिद्यार्थीले खेलमा सहभागिता जनाएका थिए । चौथो रनिङशिलमा सरस्वती माबि प्रथम , सुधामाबी दोस्रो र हरि माबि तेस्रो बनेका छन । हरि माबि र सुधा माबि शितगंगा नगरपालिका वडा नम्बर ५ का बिद्यालयहुन वडा नम्बर ५ का वडा अध्यक्ष कमल पौडेलले आफ्नै वडामा बिद्याथीहरु बिचको प्रतिसप्रधा बढी भएको बताउनु भयो । दोस्रो र तेस्रो स्थान आउने बिद्यालय र खेलाडी हरु प्रति सम्मान ब्यत्त गर्दै वडा नम्बर ५ लाई प्रथम बनाउन सफल भएकोमा आभार ब्यत्त गर्दै वडाबाट समेत सम्मान ब्यत गर्ने बताउनु भयो ।

खेलमा सबै भन्दा आर्कषक मानिएको पुरुष भलिबल प्रतियोगितामा सितापुरको सरस्वती माबि प्रथम र शिबादह माबि दोस्रो भएका छन सुधामाबि तेस्रो भएको छ । यस्तै महिला भलिबल तर्फ शिबादह माबि प्रथम, गौरा माबि दोस्रो र सरस्वती माबि तेस्रो भएको खेल संयोजक शंकर अर्यालले जानकारी दिनु भयो ।
खेलकुदहरु समापन सँगै भएको समापन समारोहमा शिक्षकहरुले रनिङशिल प्रतियोगितालाई प्रमुख प्राथमिकता दिएमा बिद्यालय स्तरबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने बताएका थिए ।

टाडाबाट आउने बिद्यार्थीहरुलाई ब्यवस्थित बसाई र खानाको ब्यवस्थापनमा समस्या नहुने गरि नगरपालिकाले सहयोग गरेमा बिद्यार्थीहरुमा समेत आत्मबल बढ्ने खेल संयोजक शंकर अर्यालले बताउनु भयो । यस्तै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले राष्टपती रनिङशित खेलमा नगरपालिकाले शिक्षकहरु सँग सल्लाह गरेरै बजेट बिनियोजन गरेको बताउनु भयो ।

गत बर्षहरुमा माग गरेको भन्दा बढी रकम खर्च हुँदा समेत नगरपालिकाले ब्यवस्था गरेको बताउदै अहिले पनि केन्द्रबाट आएको बजेटमा ३ लाख रकम थप गरेर खेल संचालनमा सहयोग गरेको बताउनु भयो । यस्तै शिक्षाशाखा प्रमुख बिनोद पोख्रेलले बिद्यार्थीहरुलाई खेलकुदमा आर्कषण गर्ने र खेलाडी उत्पादनमा बिद्यालयको भुमिका ठुलो हुने बताउनु भयो । सयौ खेलाडीले उत्कृष्ट प्रर्दशन गरेकोले आगामी दिनमा समेत बिद्यालयहरुले अतिरिक्त कृयाकलाप निरन्तर सञ्चालन गरि खेल क्षेत्रमा समेत बिद्याथीहरुलाई सहभागी गराउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य बिभिन्न बिद्यालयका प्रअ ,अध्यक्ष लगायतको सहभागिता रहको थियो । कार्यक्रमको सञ्चालन ज्योती भबिश्वर बहुमुखी क्याम्पस प्रमुख बिष्णु भट्टराइले गर्नु भएको थियो भने खेलकुद कार्यक्रम ऋषि बिश्वकर्मा र दिनेस पौडेलले सञ्चालन गर्नु भएको थियो । खेलमा सहभागी बिद्यालय बिद्यार्थी, सहयोगी,लगायतलाई सम्मान तथा मायाको चिनो बितरण गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu