Connect with us
Kapilvast Forest

इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा कांग्रेसको प्यानल विजयी

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

 

बुटवल – नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ ।

चुनावमा कांग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका तीन वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए ।

 

प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुईजना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो ।

एशोसिएसनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले एमाले निकट जीवन अर्याललाई ८३ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ४९९, अर्यालले ४१६ र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी निकट संयुक्त प्यानलका ओमप्रसाद सापकोटाले ८१ मत प्राप्त गरेका निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए ।

 

केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् । मिश्रले एमाले निकट जयलाल मरासिनीलाई २६ मतले पराजित गरेका हुन् । मिश्रले ४६४,मरासिनीले ४३८ र रामधन श्रेष्ठले ७६ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा लेखबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ४९२ मत ल्याउंदा एमालेका बृषेश वैश्यले ३५४ र दिवाकर प्याकुरेलले ११४ मत ल्याएका छन् ।

सचिवमा ४२९ मतसहित गोविन्द पंगेनी विजयी हुँदा एमालेका विवेक लामिछानेले ३७६ र अरुण खनालले १७६ मत प्राप्त गरेका छन् । सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरूमा दर्शन तिवारी, ईश्वर जिसी, प्रवीन मिश्र, अर्जुन पाण्डे, सोयब अहमद अन्सारी, विनयकुमार गुप्ता, आरती देवकोटा, विद्या भुसाल विजयी भएका निर्वाचन अधिकृत रौनियारले बताएर।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu