Connect with us
Kapilvast Forest

सुन र चाँदको मूल्य घट्यो

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख दुई हजार ३०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला एक लाख दुइ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu