Connect with us
Kapilvast Forest

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

कपिलवस्तु-औँ कपिलवस्तु महोत्सव शुरुवातको अन्तिम संघारमा आईरहदा आयोजकलाई भ्याई नभ्याई भएको छ । निर्धारित समय आईपुग्नै थालेपछी आयोजकलाई भ्याई न भ्याई भएको हो । यतिवेला आयोजकले दिन दुईगुना रात चौगुना भनेजस्तै रातदिन खट्ेको महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताए । महोत्सवमा स्ट्रेज निर्माणको काम करिव अन्तिम चरणमा पुगेको छ भने विश्वकै अग्लो मानिने दुवैमा रहेको टावर को झल्को दिने खालको ५२ फिट अग्लो गेट प्रवेश द्धारमा निर्माण आज सम्पन्न हुने बताए ।

यस अगाडी तय गरिएको समय सिमा भन्दा केही समय पछि अर्थात यहि चैत्र ३ गते देखि १३ गतेसम्म कपिलवस्तुको बाणगंगा नगरपालिका बुद्ध रगंशालामा हुने महोत्सवको समुद्धघाटनका लागि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण आउने तयारी भएको आयोजक संस्था उद्योग वाणिज्य संद्यका महासचिव मनोज पौडेलले जानकारी दिएका छन् ।

 

उनले महोत्सवमा जिल्लाका साथै अर्घाखाँची , रुपन्देही दाङ्गका साथै सिमावर्ती क्षेत्रबाट पनि दर्शकहरु आउने बताए । महोत्सवमा करिव २ लाख दर्शकले अवलोकन गर्ने र करिव ३ करोडको कारोवार हुने लक्ष्य रहेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

महोत्सवमा आल चर्चामा रहेका कलाकार प्रकाश सपुत, शिव परियार, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढि कलाकार आउने जनाईएको छ । महोत्सव धार्मिक हिसावले समेत महत्वपुणर् रहेको छ । महोत्सव स्थलमा शिव , बुद्ध मुर्तीका साथै गुम्बाको दर्शन महत्वपुणर् सेल्फी जोन लगाएतका क्षेत्रको समेत अवलोकन र मनोरन्जन गर्न पाईने मेला सचिवालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu