Connect with us
Kapilvast Forest

मधेस सरकारको नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ:अध्यक्ष ओली

२०७८, १ चैत्र मंगलवारमा प्रकाशित

 

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा-काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेस सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।

‘नारा लगाउँदा ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाऊ काम । तपाइँहरूको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने ।

 

जनकपुरधामस्थित मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको टोलीले छापा मारेर ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलसम्बन्धी कागजात लगेको थियो । त्यस अभियानमा भ्रष्टाचार भएको अख्तियारमा उजुरी परेको थियो ।

मधेश प्रदेश पर्यटकको हिसाब एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।
वीरगञ्ज-काठमाडौं रेल चल्ने बताएका ओलीले धार्मिक पर्यटनको हिसाबले मधेस प्रदेश उत्कृष्ट रहेको बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu