Connect with us
Kapilvast Forest

मुख्य मन्त्री योगीको शपथ ग्रहणमा सहभागी हुन शाहसहित कांग्रेस नेताहरु लखनउ प्रस्थान 

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु –
मुख्य मन्त्री योगीको शपथ ग्रहणमा सहभागी हुन शाहसहित कांग्रेस नेताहरु लखनउ प्रस्थान
कृष्णनगर । भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथको सपथ ग्रहण समारोहमा सहभागी हुन कपिलवस्तु कांग्रेसका नेताहरु आज लखनउ प्रस्थान गरेका छन् । कांग्रेसका नेताहरु योगीको विशेष आतिथ्यतामा शपथ ग्रहण समारोहमा सहभागी हुन कृष्णनगरबाट लखनउ प्रस्थान गरेका हुन् ।

कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिशेष प्रताप शाह, नेपाली कांग्रेस कपिलवस्तुका पूर्व जिल्ला सभापति राजेश आचार्य, नेपाली कांग्रेसका चर्चित युवा नेताहरु राजेश ज्ञवाली र अजय थापाको टोली लखनउ प्रस्थान गरेको छ ।

सांसद शाहले आफूहरु विशेष आतिथ्यतामा भोली ४ः०० बजे लखनउमा आयोजना हुने विशेष समारोह शपथ ग्रहण कार्यक्रममा सरिक हुन लखनउ जान लागेको बताए । शाहले नेपाल र भारतको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भौगोलिक आयाम जोडिएकोले पनि आफूहरु जान लागेको बताए ।

पूर्व जिल्ला सभापति राजेश आचार्यले शाक्यमुनि गौतम बुद्ध, गोरखनाथ, किराँत शासन, महाभारत युद्ध, धार्मिक मठमन्दिरजस्ता सन्दर्भमा नेपाल र भारत जोडिएकोले पनि आफूहरु निमन्त्रणालाई सहर्ष स्वीकार गरी शपथ ग्रहण कार्यक्रममा सहभागिता जनाउने बताए ।

युवा नेता राजेश ज्ञवालीले भारत–नेपाल सीमा खुला रहेको नेपाली र भारतीय नागरिकहरू राहदानी वा भिसा बिना स्वतन्त्र रूपमा सीमा पार हिड्न सक्छन् र कुनै पनि देशमा बस्न र काम गर्न सक्ने भएकोले पनि आफूहरु आतिथ्यताका लागि शपथ ग्रहण कार्यक्रममा सहभागी हुन लागेको बताए ।

यस्तै कपिलवस्तुको शिवराजका चर्चित युवा नेता अजय थापाले नेपाल भारत सम्बन्ध हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउँदै जुम्ल्याहा दाजुभाईको जस्तै सम्बन्धको सन्देश जाओस् भन्ने उद्देश्यलेले आफूहरु योगीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन लागेको बताए ।

योगीको सपथ ग्रहण कार्यक्रममा १२ मुख्य मन्त्री र ६ उपमुख्य मन्त्रीको सहभागिता रहने भारतीय मिडियाले जनाएका छन् ।

यस्तै सपथ ग्रहण कार्यक्रममा प्रधानमंत्री नरेंद्र मोदी, गृह मंत्री अमित शाह, रक्षा मंत्री राजनाथ सिंह, बीजेपी अध्यक्ष जेपी नड्डा बीजेपी राज्यका मुख्यमंत्री, योग गुरु बाबा रामदेव, मठमन्दिरका प्रमुखहरु लगायतको सहभागिता रहने बताईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu