Connect with us
Kapilvast Forest

पाँच प्रदेशका कांग्रेस सभापति गठबन्धनको विपक्षमा

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौँ — सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा देखिएका छन् ।

 

यसमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन् ।सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि छैनन्। तर, उनी गठबन्धनका पक्षमा छैनन् । कर्णालीका सभापति माओवादीले दु:ख दिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा देखिएका छन् । केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको मत छ

प्रदेश २ का सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन्।

उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासिनहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu