Connect with us
Kapilvast Forest

श्रीलंकामा संकटकाल घोषणा

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौं -चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा भएको छ। आर्थिक संकटका कारण देशभर सरकार विरोधी प्रदर्शन बढेपछि राष्ट्रपति गोटबाया राजपक्षेले मुलुकमा संकटकालको घोषणा गरेका छन्।

यसअघि अघिल्लो दिनभर र रातभर राष्ट्रपति भवन अगाडि प्रदर्शन भएपछि कर्फ्यु आदेश जारी भएको थियो। पछिल्लो पटक हिजो राष्ट्रपति राजपक्षेले प्रदर्शनकारीमाथि सैन्य कारबाहीको अधिकार दिँदै संकटकाल लागू गरे।

संकटकालमा प्रदर्शनमा उत्रिने माथि सेनाले गोली चलाउन सक्ने र पक्राउ परेकालाई लामो समय जेल राख्ने अधिकार दिइएको छ। राजपक्षेले एक सम्बोधनमा सार्वजनिक व्यवस्थाको सुरक्षा र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवा उपलब्ध गराउन संकटकाल लागू गरिएको बताए।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले पहिलो पटक यो तहसम्मको आर्थिक संकट व्यहोरिरहेको छ। यसअघि राजधानी कोलम्बोमा प्रदर्शन गर्ने कयौँ आम नागरिक र स्वतन्त्र मानवअधिकारकर्मी कार्यकर्तालाई गिरफ्तार गरिएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu