Connect with us
Kapilvast Forest

गण्डकीका मन्त्री दीपक मनाङेद्वारा कर्मचारीमाथि कुटपिट

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

कास्की – गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गर्नुभएकाे छ ।

मनाङेले हिजाे मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि कुटपिट गर्नुभएकाे हाे । घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् ।

कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएकाे छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मान्नुभएन ।

युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेकाे बताइएकाे छ । डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गर्नुभएकाे थियाे । तत्कालीन समयमा उहाँलाई प्रहरीले पक्राउ गरेर धरौटीमा रिहा गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu