Connect with us
Kapilvast Forest

बाणगंगा ७ मा १ सय ५५ जना एमाले प्रवेश

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

 

हरि आचार्य, कपिलवस्तु-
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ मा डेढ सय बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले बाणगंगा नगरपालिका वडा नं. ७ वडा कमिटिको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा वडा नं. ७ का १ सय ५५ जना एमालेमा प्रवेश गरेका हुन् । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेद्वार ठागे थारुका छिमेकी तथा सहोदर भिनाजु समेत गरि एमालेमा प्रवेश गरेका हुन् । जसमध्ये नेपाली कांग्रेसका १ सय ४३ र माओवादी केन्द्रका वडा कमिटि सचिव तथा जनवर्गीय संगठनका प्रदेश कमिटि सदस्य गोबिन्द प्रसाद पौडेल सहित माओवादीबाट १२ जना गरि १ सय ५५ जना एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, जिल्ला ईन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बलराम अधिकारी तथा पार्टीका बाणगंगा नगर ईन्चार्ज शंकर पाण्डेले स्वागत गर्नुभएको थियो ।

 

वडा कमिटि सम्पर्क कार्यालयको उद्घाटन पार्टीका पोलिब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले उद्घाटन गर्नुभएको हो ।

 

सम्पर्क कार्यालय बनगाई चोकमा रहेको होटल जुनकिरी रहेको रामु भुसालको घरमा उद्घाटन गरिएको छ । उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले सम्पर्क कार्यालयबाट अब पार्टीका हरेक क्रियाकलाप अगाडि बढ्ने विश्वास गर्दै अब देश एमालेमय हुने बताउनुभयो ।

त्यस्तै पार्टीका जिल्ला ईन्चार्ज बलराम अधिकारीले अब देशै एमालेमय भएको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका उहाँले पार्टीका एजेन्डा र पार्टीले गरेका उदाहरणिय काम अब जनताका सामु लैजान आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताहरु गठबन्धनको पक्षमा नरहेको दाबि गर्नुभएको छ । पार्टीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका नेता न्यौपानेले गठबन्धन सरकार जनताको पक्षमा नभई केवल कमिसन, भ्रष्टाचार, सत्ता, कुर्चीको लोभमा फसेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि न्यौपानेले देशमा रहेका अधुरा काम गर्न एमालेको विकल्प नरहेको बताउनुभयो ।

 

कार्यक्रममा पार्टीका नगर ईन्चार्ज शंकर पाण्डे, नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, ७ नं. वडा कमिटिका अध्यक्ष प्रताप गिरीले मन्तब्य राख्दै एमालेको पक्षमा आउने जनलहर बढिरहेकाले एमाले अब बलियो हुंदै जाने बताउनुभयो ।

कार्यक्रममा नवप्रवेशीहरुको नाम प्रस्तुत गर्दै पार्टीका नगर सचिव बिष्णु गिरीले नेपाली कांग्रेस, माओवादी लगायत अन्य पार्टीले जनताको पक्षमा काम नगरेकाले एमालेमा आउनेको लर्को लागेको बताउनुभयो । निर्वाचित वडाध्यक्ष समेत रहनुभएका गिरीले वडामा एमालेको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा नगर कमिटि सदस्य मुम बादुर पाण्डे, मान बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

वडा कमिटिका अध्यक्ष गिरीको अध्यक्षता, वडा कमिटि सचिव हरि शंकर पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu