Connect with us
Kapilvast Forest

पाकिस्तानी प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौँ – पकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग(नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्(नेसनल एसेम्बली) मा १७४ जनाले शेहबाजका पक्षमा भोट दिएका हुन् ।

 

पाकिस्तानी प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्लाई सम्बोधन गर्दै शेहबाज सरिफ, साथमा पीपीपीका नेता बिलाबल भुट्टो ।

पाकिस्तान पिपल्स पार्टी(पीपीपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका छन् ।

 

पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई) ले भने संसद् बहिष्कार गरेको छ। त्यस्तै पीटीआईका सांसदले सामूहिक राजीनामासमेत दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले ‘आयातित सरकार’ को विरोधमा राजीनामा दिने निर्णय गरेको हो ।

शेहबाज सरिफ । फाइल तस्बिर : रोयटर्स

खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका थिए । पाकिस्तानको संसद् (राष्ट्रिय सभा) आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

 

नयाँ प्रधानमन्त्री शेहबाजले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् । शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।

सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu