Connect with us
Kapilvast Forest

पाँच बुँदे माग राख्दै डाक्टर केसीद्वारा सरकारको ध्यानाकर्षण

२०७९, २ बैशाख शुक्रबारमा प्रकाशित

govinda kc

काठमाडौं-विभिन्न पाँच बुँदे माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।आफूले राखेका माग पूरा नभए कुनै पनि बेला सत्याग्रह सुरू गर्ने चेतावनी केसीले दिएका छन्।

केसीले आफ्नो पहिलो मागमा दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राखेका छन्।जनसंख्याको बृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर बृद्धि सुनिश्चित गर्न माग गरेका छन्।

केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन्। विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गणडकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्न माग गरेका छन्।

आफूसँग भएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गरेका छन्।यस्तै, केसीले सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गर्न माग गरेका छन्।

उनले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज तथा अन्य कलेजहरूमा विद्यार्थीबाट अतिरिक्त रकम असुल्ने प्रयास अहिले पनि जारी रहेको भन्दै सञ्चालकहरूलाई कारबाही गर्न माग गरेका छन्।

केसीले आफ्नो मागको अन्तिम बुँदामा आफूसँग भएका सम्झौताहरू तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन्।

उनले सो बुँदामा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने, बिपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्ने उल्लेख गरेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu